इक्यान ललितपुरको शैक्षिक मेला सुरु (फोटो फिचरसहित)
काठमाडौँ – नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाले आयोजना गरेको शैक्षिम मेला सुरु भएको छ । ललितपुरको एकेडेमी अफ कुलिनरी आर्टमा विहान ११ बजेदेखि मेला सुरु भएको हो ।
भेलामा विभिन्न विश्व विद्यालय, कलेज, कन्सल्टेन्सीहरुका १८ वटा स्टलहरु रहेका छन् । मेलामा विदेश अध्ययनका लागि योजना बनाइरहेका विद्यार्थीहरुले भ्रमण गर्न सक्ने इक्यान ललितपुरले जनाएको छ ।
अस्ट्रेलिया, जापान, बेलायत, अमेरिका लगायतका देशहरुमा अध्ययन गर्न चाहाने विद्यार्थीहरुले मेलाबाट लाभ लिन बताइएको छ । सबै देशहरुको शैक्षिक प्रणालीको बारेमा जानकारी दिनका लागि मेलाको आयोजना गरिएको इक्यान ललितपुरको भनाई छ ।
मेलाको व्यवस्थापन वान अपले गरेको छ । व्यवस्थापनमा कमजोरी देखिएको भन्दै केही कन्सल्टेन्सी व्यवसायीहरुले गुनासो गरेका थिए ।
