फुटबल खेलाडीका लागि पनि पहिलो रोजाई बन्दै मनास्लु वर्ल्ड कलेज
काठमाडौँ – चाबहिल चुच्चेपाटी स्थित मनास्लु वर्ल्ड कलेज फुटबल खेलाडीका लागि पनि पहिलो रोजाइमा पर्ने पक्का भएको छ । कलेजले राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतलाई मुख्य प्रशिक्षकको रूपमा अनुबन्धन गरेपछि फुटबल खेलाडीका लागि पनि पहिलो रोजाई बन्न पक्का भएको हो ।
स्थापनाकालदेखि नै विभिन्न विधाका खेलाडिहरूलाई सत प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिरहेको यस कलेजले फुटबल र फुटसललाई प्राथमिकतामा राखेर बस्नेतलाई मुख्य प्रशिक्षक बनाएको हो । कलेजले यसै शैक्षिक शत्र देखि फुटबल र फुटसलमा विशेष प्रशिक्षण तथा उत्कृष्ट टिम निर्माण गरि सम्पूर्ण खेलाडि विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेको कलेजले जनाएको छ ।
मनास्लुले सम्पूर्ण युवा खेलाडि विध्यार्थीहरूको सर्वाङगिण विकासको लागि विशेष कार्यक्रम गर्ने कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए । युवालाई विश्व बजारमा खेलकुदका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गर्न विधागतरूपमा जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको मनास्लु वर्ल्ड कलेजले जनाएको छ ।
