बाबुरामले गरे चुनाव नलड्ने घोषणा

शुक्रबार, २७ साउन २०७९

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) फुटाएर नयाँ पार्टी बनाएका डा. बाबुराम भट्टराई आगामी मंसिर ४ हुने प्रतिनिधि सभाको निर्वाचन नलड्ने घोषणा गरेका छन् । एक टेलिभिजना कार्यक्रममार्फत उनले चुनाव नलड्ने बताएका हुन् । तर त्यसका लागि भरपर्दो युवा अगाडी बढ्नपर्ने शर्त राखेका छन् ।

६ पूर्वप्रधानमन्त्रीलाई संसदमा छिर्न नदिन ‘नो नट अगेन’ अभियान चलिरहेका बेलामा भट्टराईले यस्तो घोषणा गरेका हुन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट संघीय संसदको चुनाव नलड्ने युवालाई अघि सार्ने बताएका हुन् ।

‘मेरो भित्री चाहना गोरखा–२ बाट चुनाव नलड्ने छ’, भट्टराईले भने, ‘कोही युवालाई अवसर दिने चाहना छ ।’ मनले खाएको उम्मेदवार पाए मात्रै आफू गोरखाबाट नउठ्ने उनले बताए ।

आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा कांग्रेससहितको गठबन्धन बनिसकेको छ। अर्कोतिर एमाले एक्लै चुनावी मैदानमा छ। एमाले पनि गठबन्धनको कसरतमा छ।

तर भट्टराई कुनै गठबन्धनमा पनि छैनन् । मंगलबार (२४ साउन) मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि गठबन्धनमा आफ्नो हक लाग्ने बताउँदै उनले आफूहरु अहिले गठबन्धननै रहेको भट्टराईले बताएका थिए। गठबन्धनमा सहभागी हुन नसके गोरखाबाट चुनाव जित्न मुश्किल पर्ने देखेर भट्टराईले प्रत्यक्ष चुनाव नलड्न खोजेको विश्लेषण हुन थालेको छ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा भट्टराईले काङ्ग्रेससँग मिलेर एमाले९माओवादी केन्द्रका गठबन्धन उम्मेदवार नारायणकाजी श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।

गोरखा–२ मा ६० हजार ११७ मत खस्दा डा। भट्टराईले ३१ हजार ८०७ मत ल्याई विजयी हुँदा श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका थिए । डा। भट्टराई र श्रेष्ठबीचको मतान्तर ६ हजार ८७४ थियो।

डा। भट्टराई वि।सं। २०६४ को संविधानसभा निर्वाचनमा गोरखा २ र २०७० को मा १ बाट निर्वाचित भएका थिए। उसो त यता नेपाली कांग्रेस गोरखाले समेत यसपालि क्षेत्र नम्बर २ अरू पार्टीलाई छाड्न नसकिने प्रष्टाएको छ।

गोरखा पुगेर केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यसपालि गोरखा क्षेत्र नम्बर २ अरूलाई छाड्न नसकिने बताए। पाँच वर्षअघि २०७४ मा गोरखा २ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेको थियो। यसपालि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने र गोरखामा एक९एक क्षेत्र बाँड्ने तयारी गरिएको पाण्डे बताउँछन्।