एमालेको जित पक्का हुनेगरि राष्ट्रपतिले चालिन् बोल्ड कदम

आइतबार, २९ साउन २०७९

काठमाडौं – राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी आगामिक निर्वाचनमा एमालेलाई फाइदा पुग्नेगरि बोल्ड कदम चालेकी छन् । भण्डारीले विवादास्पद नागरिकता विधेयक संसदमै फिर्ता पठाएर जनताको पक्षमा बोल्र्ड कदम चालेकी हुन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्ति सम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देश सहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउन भएको छ।’, ,राष्ट्रिपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नागरिकता बिधेयक फिर्ता भएपछि यसको प्रत्यक्ष फाइदा नेकपा एमालेलाई पुग्ने भएको छ। गठबन्धन सरकारले पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको बिधेयकको बिरोध गर्दै राष्ट्रवादी कित्तामा उभिएको एमालेलाई एमालेकै कोटाबाट राष्ट्रपति बनेकी भण्डारीले विधेयक फिर्ता गरेपछि एमालेको जनमत बढ्ने अनुमान गरिएको छ ।