एनएमबि बैंकमा खाता खोल्दा ५ हजार रुपैयाँ क्यासब्याक पाइने

बिहिबार, २ भाद्र २०७९

काठमाडौँ – एनएमबि बैंकमा खाता खोल्दा पाँच हजार रुपैयाँ क्यासब्याक पाइने भएको छ । बैंकमा नारीहरुले ‘एनएमबि स्मार्ट नारी बचत खाता’ खोल्दा पाँच हजार रुपैयाँ क्यासब्याक पाउने भएको हो ।

उक्त रकम पाउन ग्राहकले मेडिकल/स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक पाँच हजार सम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोवारमा सक्रिय बनाउन प्रयास स्वरुप बैंकले यो योजना ल्याएको हो ।

यो खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्नेछन् ।
रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशत सम्म विशेष छुट पनि प्राप्त गर्न बैंकले जनाएको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।