बरिष्ठ उपाध्यक्ष समालेकै दिन नारायणकाजीलाई माओवादीले दियो यतिठूलो जिम्वेवारी !
काठमाडौं – पदाधिकारी टुङ्ग्याएकै दिन नारायणकाजी श्रेष्ठलाई बरिष्ठ उपाध्यक्ष बनाएकै दिन उनलाई ठूलो जिम्वेवारी सुम्पेको छ।
नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र मस्यौदा तयार गर्न कार्यदल गठन गर्दै नारायणकाजीलाई संयोजकको जिम्वेवारी सुम्पेको हो ।
शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्सीय कार्दल गठन गरेको छ । कार्यदलको सदस्यमा महासचिव देव गरुङ पनि छन्।
वर्षमान पुन, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा र हरि रोक्का रहेका छन्। जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुंगाना र जगत सिम्खडा पनि मस्यौदा तयार कमिटीको सदस्यमा रहेका छन्।