पत्रकारलाई पक्राउ गर्न लगाउने एसपीको सरुवा
काठमाडौँ – पत्रकारलाई पक्राउ गर्न लगाउने दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले गरेको बन्दको रिपोर्टिङ गर्न गएका पत्रकार हेमन्त प्रकाश ओलीलाई पक्राउ गर्न लगाउने एसपीको सरुवा भएको हो ।
दाङका प्रहरी प्रमुख एसपी सुरेश प्रसाद काफ्लेले पत्रकार ओलीलाई पक्राउ गर्न लगाएका थिए । बन्दको बेलामा ट्रिपर व्यवसायीको दवावमा परी स्कटिङ गरेर ट्रिपर चलाएको भन्दै ओलीले रिपोर्टिङ गरेका थिए ।
उनलाई अपराध अनुसन्धान विद्यालय महाराजगंजमा काज सरुवा गरिएको छ । उनको ठाउँमा बागमती प्रदेश हेटौडामा कार्यरत एसपी बीरबहादर ओलीलाई खटाइएको छ । विभिन्न पत्रकार संगठनहरुको दवाव पछि ओलीलाई सोही दिन बेलुवा रिहा गरिएको थियो ।
प्रहरी प्रधान कार्यालयले उनीसहित ५ जनालाई काज सरुवा गरेको छ । सरुवा हुनेमा ओली र काफ्लेसहित महेन्द्र खड्का, सन्तोष सिंह राठौर र खड्क बहादुर खत्री रहेका छन् ।
