हर्कलाई फकाउन धरानमै पुगे प्रचण्ड

शुक्रबार, १० भाद्र २०७९

काठमाडौं—नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)धरानका मेयर हर्क साम्पाङलाई भेटन धरान पुगेका छन् । उनले हर्क बाट धेरै प्रेरणा लिन सकिने बताएका छन्।

उनले कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिले नै प्रेरणा लिन सक्ने प्रचण्डको भनाइ छ।

‘हर्कले कम्युनिष्ट पार्टी अझ भनौं माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ। उहाँबाट हाम्रा पार्टीका साथीहरूले प्रेरणा लिन सक्नुहुन्छ,’ उनले भने।

जनतासँग सधैं जोडिएर काम गर्न प्रचण्डले हर्कलाई सुझाएका छन्।

‘जनतासँग जोडिएर काम गर्नुस्। सधैं जनतासँगै रहनुस्। अझै राम्रो काम गर्नुस्। मेरो शुभकामना,’ प्रचण्डले भने।

जवाफमा हर्कले आफू सधैं जनतासँगै जोडिएर काम गर्ने बताएका छन्।

‘हवस् सर म सधैं जनतासँगै जोडिएर काम गर्छु,’ उनले प्रचण्डसँग भने।

जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेर प्रचण्डले वृक्षरोपण समेत गरेका छन्।