जनपत्रकार संगठनको अध्यक्षमा शेरबहादुर
काठमाडौं – जनपत्रकार संगठन नेपालको अध्यक्षमा शेरबहादुर विश्वकर्मा निर्वाचित भएका छन । संगठनको चौथो राष्ट्रिय सम्मेलनबाट विश्वकर्माको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचिन गरेको हो ।
संगठनको उपाध्यक्षमा जानकी चौधरी, महासचिवमा आलोक लिम्बू, सचिवमा वसन्त विश्वकर्मा र कोषाध्यक्षमा दीपेश विष्ट निर्वाचित भएका छन् । सम्मेलनले पूर्वबरिष्ठ केन्द्रीय सदस्य राजेन्द्र चिमौरियालाई सल्लाहाकार समितिको अध्यक्षमा निर्वाचित गरेको छ ।
काठमाडौँमा सम्पन्न सम्मेलनले शोभराज बराल, साहस भट्ट, सुदर्शनराज पाण्डे, दाना केसी, दिपेश शाही, केबी गाउँले, जगदीशनाथ योगी, धर्मसिंह विक, सुर्य बराल, प्रविण अधिकारी, हर्क घर्ती, सुमन श्रेष्ठ सर्गम, कर्ण विश्वकर्मा, कर्ण बस्याल, राजेन्द्र रावत क्षेत्री, अनिता गजमेर, हेमन्त प्रकाश वली, गणेश एसके, बादल शाही, सुन्दर तामाङलाई सदस्यमा निर्वाचित गरेको छ ।
त्यस्तै, उपेन्द्र रावल, पुस्पा साउद, खेमराज बुढा, भरत दास, खकेन्द्र केसी, अशोक शाही, वीरेन्द्र बिसी, हिमाञ्चन, हिमचुली, उपेन्द्र रावल, जंग रेउले, केबी गुरुङ, गोपाल चन्द, निरुता विक, ध्रुव गौडेल, विष्णु विक, सुरेन्द्र सापकोटा, भरत विश्वकर्मा, कमल विक, पुनम हमाल, कृष्ण विक, भीष्म कोइराला, यदुनाथ दाहाल निर्वाचित भएका छन् ।
भदौ ११ र १२ गते काठमाडौँमा चलेको उक्त राष्ट्रिय सम्मेलनमा देशैभरीबाट प्रतिनिधिहरू सहभागी भएका थिए ।