समाजवादी बाट राज्यमन्त्री पद खुस्किए पछि एमालेमा प्रवेश

बुधबार, १५ भाद्र २०७९

काठमाडौं—सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलबीर चौधरीलाई पदबाट हटाइएको छ।

नेकपा एकीकृत समाजवादीले चौधरीलाई पदबाट हटाउन भनेपछि पदमुक्त गरिएको प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री डा.रणबहादुर रावलले जानकारी दिए।

उनी नेकपा एमालेमा प्रवेश गर्ने खबर पाएपछि पार्टीले मन्त्री पदबाट हटाउन निर्देशन दिएको हो।

बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगरमा सम्बोधन गर्ने जनसभामा चौधरीसहित एकीकृत समाजवादी र माओवादीका नेताहरु एमाले प्रवेश गर्दैछन्।

चौधरी एकीकृत समाजवादी पार्टीबाट २०७८ चैत २५ गते राज्यमन्त्री पदमा नियुक्त भएका थिए।