दुनियाँको कुनै पनि तागतले क्रान्तिकारीहरुलाई पराजित गर्न सक्दैनः प्रबक्ता प्रकाण्ड
काठमाडौं—नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता खडग् बहादुर बिश्वकर्मा (प्रकाण्ड)ले ‘जनताको पक्षमा क्रान्तिकारीहरु उभिने हो भने दुनियाँको कुनै पनि तागतले क्रान्तिकारीहरुलाई पराजित गर्न नसक्ने बताएका छन् ।
प्रबक्ता प्रकाण्डले, मंगलबार नेकपा ललितपुरको नवौं जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै, आफ्नो पार्टीले जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि शक्तिले केहि पनि गर्न नसक्ने ठोकुवा गरे । एकीकृत जनक्रान्तिबाट नेपालमा बैज्ञानिक समाजवादी क्रान्ति पुरा हुने दाबी पनि गरे ।
संसारमा पूँजीवादी र साम्राज्यवादीहरुले जनताको क्रान्तिलाई कहि पनि रोक्न नसेकेको उदाहरण भएको भन्दै, नेपालमा पनि नेकपाले लिएको जनताको मुक्तिको लाईन र क्रान्तिलाई रोक्न नसक्ने बताए । उनले भने, ‘बरु पार्टीले लिएको लाईनलाई नेता कार्यकर्ताले बुझ्न सक्नुपर्छ, जनतासँगको सम्बन्ध प्रगाढ गर्नुपर्छ, पार्टीको लाईनलाई ठिक ढंगका साथ क्रान्तिकरीहरुले समात्नु सक्नुपर्छ ।’ उनले, पार्टीको कार्यदिशा र कार्यनीतिको मर्म बुझ्न नसक्दा पार्टीमा भ्रम पैदा हुने गरेको र त्यसको पछिल्लो सिकार कञ्चन र सुदर्शनहरु भएको बताए ।
नेकपा प्रबक्ता प्रकाण्डले ३ बुँदे सहमति बिपरित महासचिबसहित नेकपाका नेता कार्यकर्तालाई पक्राउपूर्जी सरकारले जारि गरेपछि राजनैतिक अवस्था फेरबदल भएको र नेपालको दलाल संसदीय सत्ताको एउटा गिरोह सहमति भाड्न लागि परेको आरोप लगाए । उनले, नेकपाको नौवौं महाधिवेशनको संघारमा भएको र उक्त महाधिवेशनले नेपाली कम्पयुनिस्ट आन्दोलन र बिश्वक्रान्तिको लागि केही नयाँ विश्लेषण र संश्लेषणसहित नयाँ उर्जाबाट क्रान्तिको यात्रा तयागर्ने कार्यनीति ल्याउने बताए ।