सरकारले लियो नेकपाका नेतामाथि लागेका मुद्दा फिर्ता, नेकपाद्वारा स्वागत

बिहिबार, ३० भाद्र २०७९

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले सरकारको पछिल्लो निर्णयको स्वागत गरेको छ । नेकपा र सरकारबीभ एको तीन बुँदे सहमति सरकारको तर्फबाट कार्यान्वयनको चरणमा गएको भन्दै नेकपाले यसको स्वागत गरेको हो ।

नेकपा प्रबक्ता प्रकाण्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै ढिलै भएपनि सहमती कार्यान्वयनमा सरकार अग्रसर भएको भन्दै यसको स्वागत गरेका हुन् । प्रबक्ता प्रकाण्डले २०७९ भाद्र २२ गते गृहमन्त्री बालकृष्ण खाणसंगको भेटवार्ता र भाद्र २३ गते प्रधानमन्त्री शेरबहादुर देउवालगायतको सरकारी टोलीसंगको भेटवार्ता एवं सहमतिअनुसार सरकार तीन वुँदे सहमतिप्रति प्रतिवद्ध रहेको, कार्यान्वयनको प्रकृया तदारुकताका साथ अगाडी वढाउने र मुद्धा खारेजीका सम्वन्धमा मन्त्रीपरिषद्को वैठकबाट राजनीतिक निर्णय गरी प्रशासनिक एवं अर्ध न्यायीक प्रकृतिका मुद्धाहरुलाई यथाशिघ्र फर्छ्योट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने भनी भएको सहमति बमोजिम २०७९ भाद्र २७ गते बेलुकी बसेको मन्त्रीपरिषद्को वैठकले गरेको निर्णयको स्वागत गरेका हुन् ।

सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार एक बिज्ञप्ती जारी गर्दै मन्त्रीपरिषद्को वैठकले गरेको उक्त निर्णयको स्वागत गरेका हुन् । प्रवक्ता प्रकाण्डले विज्ञप्तिमार्फत सरकारको उक्त निर्णयको स्वागत गर्दै प्रधानमन्त्री शेरवहादुर देउवा, गृहमन्त्री वालकृष्ण खाण, कानुन मन्त्री गोबिन्द बन्दी कोईराला र महान्यायधिवत्ता खम्मबहादुर खातीलगायत वार्ता प्रकृयामा सहभागी सवैलाई पार्टी धन्यवाद ज्ञापन गरेका छन ।

यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको बिज्ञप्ती यस प्रकार रहेको छ