वाढी, पहिरो र डुबान क्षेत्रको उद्धारमा खट्न कार्यकर्तालाई नेकपाको निर्देशन

आइतबार, २ असोज २०७९

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले वाढी, पहिरो र डुबान प्रभावित जनताको उद्धार, राहत र सेवाकार्यमा अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिएको छ । नेकपाले आइतबार एक विज्ञप्ति जारी गर्दै बाढी, पहिलो र ढुबान क्षेत्रमा खट्न नेता कार्यकतालाई निर्देशन दिएको हो ।

पार्टी प्रबक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै वेपत्ता नागरिकहरुको यथासिघ्र खोजी, जोखिममा परेका जनताको वैकल्पीक बसोवासको व्यवस्था र आफन्त गुमाएका परिवार एवं प्रभावित जनतालाई उचित राहतको सिघ्र व्यवस्था गर्न नेपाल सरकारसँग माग समेत गरेका छन् ।

‘विगत केही दिन देखी परेको अविरल वर्षाका कारण अछाम जिल्लाको कमलवजारमा १२ जना, तुर्माखादमा ९ जना र ढकारीमा १ जना गरि २२ जना नागरिकको पहिरोमा परि दुःखद निधन र दर्जन भन्दा वढी नागरिकहरु वेपत्ता भएका छन ।’ विज्ञप्तिमा भनिएको छ, ‘कैलाली, कंचनपुर, दार्चुला लगायत देशैभरि वाढी, पहिरो र डुबानका कारण धनजन र भौतिक संरचनामा हुन गएको क्षतिको घटनाले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ । सर्वप्रथम प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउने जनताप्रति पार्टी भावपुर्ण श्रद्धाञ्जली अपर्ण गर्दछ र उहाँहरुका आफन्तजनहरु प्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’

साथै, प्रकाण्डले विज्ञप्तिमा भनेका छन् , ‘सिंङ्गो पार्टी पंतिलाई वाढी, पहिरो र डुबान प्रभावित जनताको उद्धार, राहत र सेवाकार्यमा अहोरात्र खट्न पार्टी केन्द्र विशेष निर्देशन गर्दछ ।’