बालेनको कदम बिरुद्ध कठोर बन्यो उच्च अदालत, आजै दियो यस्तो कडा आदेश !
काठमाडौँ – काठमाडौँ महानागरपालिकका मेयर बालें शाहले चालेको कदमको बिरुद्धमा उच्च अदालत पाटन कठोर बनेको छ ।
हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने बालेनको कदमको बिरुद्धमा कठोर निर्णय गर्दै बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन कडा आदेश दिएको हो ।
उच्च अधालत पाटनले अन्तरिम आदेश जारि गरि असोज २६ गतेसम्म ती क्षेत्रका संरचना नभत्काउन भन्दै रोक लागेको छ ।
आज न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
छुट्टाछुट्टै रिट दर्ता भएपनि सबै मुद्दालाई एकैसाथ राखेर अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा सुनुवाइ भएको थियो । सुनुवाइपछि यी सबै मुद्दाको सम्बन्धमा असोज २६ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएर त्यहाँ कुनै क्षति नपुराउन भनिउल्लेख गरिएको छ ।
यसअघि बुधवारका लागि पेसी तोकिएका प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स लगायतका तीन घरका सम्बन्धमा अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा असोज ७ गते शुक्रवार दोहोरो छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताएका छन् ।
