परिषद्को स्थायी भवन नहुँदा सेवा प्रवाह राम्रो हुन सकेनः सदस्यसचिव भट्ट
काठमाण्डौं— समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले परिषद्को आफ्नै भवन नहुँदा उद्देश्य अनुसारको कार्य सम्पदान गर्न कठिनाइ भएको गुनासो गरेका छन ।
बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । सदस्य सचिव भट्टले सहज रुपमा छिटा काम सम्पन्न गर्नका लागि परिषद्को कार्यालयको स्थायी भवन व्यवस्थापन गर्न प्रधानमन्त्री शबेरबहादुर देउवाको ध्यानाकर्षण गरे । उहाँले परिषद्बाट आर्थिक वर्ष २०७८÷०७९ मा परिषद् र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबीच दुई वटा नयाँ साधारण सम्झौता भएको र २७ वटा सम्झौता नविकरण भएको तथा परियोजना स्वीकृति १४ सय ५४ वटा भएको जानकारी दिए ।
उनले परियोजनाबाट सम्झौता, स्वीकृति र अनुमोदन गरी जम्मा ७६ अर्ब ५१ करोड ३ लाख १९ हजार ४१४ रुपैयाँ बराबरको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरी स्वीकृति भएको पनि बताए । उनले राष्ट्रिय गैर सरकारी संस्था आवद्धका १४ सय ८० वटा नविकरण र आर्थिक वर्ष २०७८÷०७९ को अन्त्य सम्ममा परिषद्मा आवद्ध कुल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ पुगेको बताए । उनले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको मूल्यांकन गर्नको लागि गत आर्थिक वर्षमा ३२ वटा र राष्ट्रिय गैर सरकारी संस्थाहरुको मूल्यांकनका लागि १०६ वटा टोली गठन भइ कार्य शुरुवात भइसकेको पनि जानकारी दिए । उनले परिषद्को २०७८÷०७९ को कुल स्वीकृत बजेट १८ करोड ३ लाखमध्ये १५ करोड ३३ लाख ८ हजार आय भएकोमा १४ करोड ६२ लाख १६ हजार खर्च भएको बताए। उनले कुल स्वीकृत परियोजनाबाट १० हजार २ सय ५८ जनाले संघ संस्थाहरुमा प्रत्यक्ष रोजगारी पाएको उल्लेख गर्दै राष्ट्रिय गैर सरकारी संस्थाले कोभिड प्रतिकार्य सम्बन्धी कोभिडमा खर्च गर्नेगरी ६४ करोड २ लाख ९० हजार बराबरको रकम स्वीकृति गरिएको पनि बताए ।
उनले भने, ‘परिषद्बाट आर्थिक वर्ष २०७८÷०७९ मा भएका मुख्य उपलब्धिहरुमध्ये परिषद् र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबीच दुई वटा नयाँ साधारण सम्झौता भएको र २७ वटा सम्झौता नविकरण भएको, परियोजना स्वीकृति १४ सय ५४ वटा भएको, परियोजनाबाट सम्झौता, स्वीकृति र अनुमोदन गरी जम्मा ७६ अर्ब ५१ करोड ३ लाख १९ हजार ४१४ बराबरको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरी स्वीकृति भएको म यहाँ जानकारी गराउन चाहन्छु । राष्ट्रिय गैर सरकारी संस्था आवद्धका १४ सय ३६ वटा, नविकरण १४ सय ८० वटा र आर्थिक वर्ष २०७८÷०७९ को अन्त्यसम्ममा परिषद्मा आवद्ध कुल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ पुगेको अवस्था छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको मूल्यांकन गर्नको लागि गत आर्थिक वर्षमा ३२ वटा र राष्ट्रिय गैर सरकारी संस्थाहरुको मूल्यांकनका लागि १०६ वटा टोली गठन भइ कार्य शुरुवात भइसकेको छ । यसको साथै कोभिड १९ को प्रतिकुल प्रभावका कारणले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको मूल्यांकन तथा अनुगमन कार्य सहज रुपमा बढाउन नसकिएता पनि यस आर्थिक वर्षदेखि यो कार्यक्रम द्रुत गतिमा बढाइएको छ । परिषद्को आय र व्ययको सन्दर्भमा २०७८÷०७९ को कुल स्वीकृत बजेट १८ करोड ३ लाखमध्ये १५ करोड ३३ लाख ८ हजार आय भएकोमा १४ करोड ६२ लाख १६ हजार खर्च भएको छ । कुल स्वीकृत परियोजनाबाट १० हजार २ सय ५८ जनाले संघसंस्थाहरुमा प्रत्यक्ष रोजगारी पाएका छन् भने राष्ट्रिय गैर सरकारी संस्थाले कोभिड प्रतिकार्य सम्बन्धी कोभिडमा खर्च गर्नेगरी ६४ करोड २ लाख ९० हजार बराबरको रकम स्वीकृति गरिएको थियो ।
समाज कल्याण परिषद्को केन्द्रिय कार्यालय भवन लैनचौरबाट स्थानान्तरण भइ अस्थायी रुपमा पुल्चोकमा सेवा प्रवाह भइरहेपनि आवश्यक पर्याप्त स्थान अभावका कारण परिषद्को उद्देश्य अनुसारको कार्य सम्पदान गर्न कठिनाइ भइरहेकोले परिषद्को कार्यालयको स्थायी भवन व्यवस्थापनको लागि प्रधानमन्त्रीज्यूसमक्ष अनुरोध गर्दछु ।’
सदस्यसचिव भट्टले समाज कल्याण परिषद्ले टेण्डरको माध्यमबाट आइआरआर र उपसमितिको प्रतिवेदन अनुसार भाडा वृद्धि गरी आर्थिक अवस्था सुदृढ गरेको र परिषद् आत्मनिर्भर हुँदै गएको बताए । उनले सेवा छिटो छरितोका लागि परिषद्ले डिजिटलाइजेशनको शुरुवात गरेको बताए । उनले लामो समय यता अवरुद्ध रहेको एनजिओ, आएनजिओका अनुगमन तथा मूल्यांकनको प्रक्रियाको निर्देशिका संशोधन गरी सुचारु रुपमा सञ्चालनमा ल्याएको बताए । उनले सामाजिक उद्यमशीलता लगायतका क्षेत्रमा सामाजिक संस्थाहरुलाई परिचालन गर्ने नीति लिएको बताए ।