कति छ प्रचण्डको चुनाव खर्च ? बाहिरियो विवरण

आइतबार, २३ असोज २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत विभिन्न पार्टीका शिर्ष नेताहरुको चुनावि खर्च कति होला ? यो आम नागरिकको चासोको विषय हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले खर्चको सीमा तोकेपछि प्रचण्डको चुनावि खर्च घटेको छ । आयोगले भूगोल र मतदाताको संख्याको आधारमा प्रतिउम्मेदवार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको छ ।

आयोगले तोकेको निर्वाचनको खर्च सीमाअनुसार प्रचण्डले २९ लाख रुपैयाँ खर्च गर्ने पाउने भएका छन् । आयोगका अनुसार गोरखा–२ का उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् । यस निर्वाचन क्षेत्रमा १ लाख ५ हजार मतदाता रहेका छन् ।