देउवाविरुद्ध उम्मेदवारी दर्ता गरेकै दिन सागर ढकालले किन गरे दुई दिन भोकै बस्ने निर्णय, खास कारण यस्तो पो रहेछ !

आइतबार, २३ असोज २०७९

काठमाडौं – डडेलधुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधिसभामा उमेदवारी दिएका सागर ढकालले दुई दिनबिना आहारा  व्रत बस्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका गुल्मीका ढकालले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उमेदवारी दर्ता दर्ता गराएपछि दुई दिन बिना आहारा  ब्रत बस्ने घोषणा गरेका हुन् ।

उमेदवारी दर्तापछि उनले आफ्नो फेसबुकमा लेखेका छन्, “आज विधिवत् रुपमा‌ हामीले‌ उमेदवारी‌ दर्ता गरेका छौँ । यसै उपलक्ष्यमा उग्रतारा, घटाल, पर्शुराम‌ बाबा लगायतका देवी देवतालाई साक्षी राख्दै डडेलधुरा र देशबासीलाई‌ नयाँ आशा, विश्वास, विकास दिलाउनको लागि दुई दिनको निराहार व्रत पनि बस्ने निर्णय गरेको छु । जुन वैज्ञानिक हिसाबले पनि उपयुक्त हो ।”