ओलीले खोसे बासुदेवलाई दिएको टिकट
काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई टिकट वितरणको सम्पूर्ण अधिकार सुम्पियो । ओलीले त्यही अधिकार प्रयोग गर्दै मनलाग्दी गरेपछि एमाले झन कमजोर भएको छ ।
कतिसम्म भने ओलीले रुपन्देही ५ को टिकट बासुदेव घिमिरेलाई दिएका थिए । अन्तिम समयमा आएका उनको टिकट खोसिएको छ । उनको ठाउँमा खिमलाल भट्टराईले टिकट पाएका छन् ।
रुपन्देही–३ बाट घनश्याम भुसालसँगै तिलोत्तमा नगरपालिकाका पूर्वमेयर घिमिरेको नाम सिफारिस भएको थियो । यो क्षेत्रमा एमालेले राप्रपाका दीपक बोहरालाई समर्थन गरेपछि ओलीले घिमिरेको नाम कटाएर क्षेत्र नम्बर ५ बाट भट्टराईलाई टिकट दिएका हुन् ।
शनिबार भुसालले पार्टी परित्याग गरेको घोषणा गरेपछि घिमिरेलाई रुपन्दही–५ को टिकट फिक्स भएको थियो । घिमिरेले उम्मेदवारी दर्ताको तयारी गरेका थिए ।
तर उम्मेदवारी दर्ताको अन्तिम समयमा आएर उनको टिकट खोसिएको छ र खिमलालले नै टिकट पाएका छन् । भट्टराई राष्ट्रियसभामा एमाले संसदीय दलका नेता समेत थिए ।