तपाईँ कति शक्तिशाली हुनुहुन्छ ? आफैलाई जाँच्नुहोस्
काठमाडौँ – तपाईँको शक्ति कति होला ? त्यो तपाईँ बाहेक अरु कसैलाई थाहा हुँदैन । आफ्नो शक्ति कति हो थाहा नपाउँदा धेरैले जिन्दगीमा ठूलाठूला दुःख कस्ट व्यहोरेका हुन्छ ।
आफ्नो शक्तिको बारेमा एक ज्यादै रोचक लोककथा छ । एउटा जंगलमा एक सिंहको जोडा थियो । समय भएपछि सिंहनीले एक बच्चा जन्मायो । त्यो ज्यादै सानो थियो । यसको आमा–बुबा शिकारमा गएका थिए । आउन ढिलो भयो । त्यो भोकले चुर भयो । त्यो खानाको खोजीमा बाहिर निस्कियो ।
खाना त पायो तर त्यो एक भेडा थियो । त्यस भेडाको बच्चा मरेको थियो । सिंहको बच्चालाई अगाडि देखेर त्यसले आफ्नै दुध खुवाउन थाल्यो । सिंहको बच्चा भोको थियो । दुधको स्वाद फरक भए पनि बच्चाले दुध पियो र त्यस भेडालाई आमा सम्झी यसैसित गयो ।
त्यो भेडाको हुलमा रहन थाल्यो । यो मडाजस्तै डरपोक र सीधा बन्यो । त्यसलाई आफ्नो शक्तिको शान थिएन । केही समय पछि एक सिंहको गर्जनको आवाज आयो । त्यो पनि अचानक गर्जन थाल्यो । यसले भेडा भाग्न थाल्यो । त्यो गर्जदै सिंहसित गयो । तब त्यसलाई आफ्नो शक्तिको ज्ञान भयो । त्यो पूनः सिंह बन्यो । हामीमध्ये धेरै मानिस आफनो जीवनमा सिंहको समान छौं ।
तर आफ्नो शक्तिको पहिचान नहुनाले भेडाको हुलमा रहन विवश छौं । सिंहको जस्तो शक्ति भएर पनि भेडा जस्तो भएर बाँचेका छौ । हामीले आफनो वास्तविक शक्तिलाई भुलेका छौं।