सङ्घीयताप्रति सरकार प्रतिबद्ध छ–कानूनमन्त्री ढकाल
माघ २६ विराटनगर – कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिए ।
मन्त्री ढकालले मुलुकको ३३९ कानूनमध्ये १६५ निर्माण भइसकेको जानकारी दिँदै थप कानून संशोधन र निर्माण प्रक्रियामा छ ।
वाइडबडी जाहाजका विषयमा उत्पन्न विवादलाई समस्या समाधान गर्न छानबिन समिति बनिसकेको छ भन्दै मन्त्री ढकाले सत्य निरुपण मेलमिलाप आयोगका पदाधिकारीको म्याद समाप्त भए पनि आयोगको म्याद समाप्त नहुने उल्लेख गरे ।
चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उनले न्यायालयप्रति जनताको विश्वास बढाउन सरकारले न्याय परिषद्मा उचित परामर्श र छलफल भइरहेकामा पनि जोड दिए ।