नेकपाको नवौं महाधिवेशन आज सकिदै

सोमबार, ३१ असोज २०७९

कपिलवस्तु – नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन कपिलवस्तुमा चलिरहेको छ । महाधिवेशनको आज अन्तिम दिन नयाँ केन्द्रीय समितिको निर्वाचन गर्दै सम्पन्न हुने् छ ।

आइतबार महासचिव विप्लवले विधान, प्रतिवेदन र जातिय प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए । जवाफ दिनेक्रममा महासचिव विप्लवले प्रस्तावमा आएका कयौं सुझावहरुले क्रान्तिको राजमार्ग निमार्णमा महत्पूर्ण सहयोग हुने विश्वास व्यक्ति गरेका थिए ।

उनले सहि सुझावहरुलाई राजनैतिक प्रस्तावमा समेटिने विचार व्यक्त गर्दैै पार्टी दलाल संसदीय व्यवस्थाको चुनावमा नजाने र खारेज गर्ने दोहोर्याए । पार्टीबाट आर्थिक अपचलन गरेर भागेका भगौडाहरु साम्राज्यवाद भन्दा माथि उठेर पार्टी र क्रान्ति विरुद्ध हमला गरिरहेको भन्दै महासचिव विप्लवले सबलाई वैचारिक रुपमा हमला गर्न आग्रह गरे ।

उनले को सहि ? को गलत ? भोली इतिहासले पुष्टि गर्दै जाने भन्दै कञ्चन सुदर्शन पार्टी र क्रान्ति विरुद्ध लागेर साम्राज्यवादको षड्यन्त्रमा फसेको बताए । उनले पार्टीको सम्पति अपचलन गर्नेहरु कहिल्यै सुख नपाउने पनि ठोकुवा गरे । महासचिव विप्लवले क्रान्ति पुरा गर्न आफ्नो जिम्मेवारीमा खरो भएर मैदानमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए ।