रवि लामिछानेको चुनाव चिन्ह ‘घण्टी’ गायव

सोमबार, ३१ असोज २०७९

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को समानुपातिक समानुपातिक मतपत्रको वास्तविक नमुना सार्वजनिक गरेको छ । प्रदेशसभाको उक्त मतपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ छुटेको छ ।

निर्वाचन आयोगमा प्रदेशमा समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि सुदूरपश्चिम प्रदेशमा २३ दल, कर्णाली प्रदेशमा २८ दल, लुम्बिनी प्रदेशमा ३२ दल, गण्डकी प्रदेशमा ३१ दल दर्ता भएका थिए ।

यस्तै बागमती प्रदेशमा ४० दल, मधेस प्रदेशमा ३६ दल र प्रदेश १ मा पनि ३६ दल दर्ता भएका थिए । प्रतिनिधिसभातर्फ भने ४८ दल दर्ता भएका थिए । सोहीअनुसार दलहरुले निर्वाचन आयोगमा समानुपातिकका मनोनयन दर्ता गराएका थिए ।

निर्वाचन आयोगमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह प्रदेशको समानुपातिक लिष्टबाट हटाइएको छ । उक्त पार्टी प्रतिनिधिसभाको निर्वाचनमा मात्र सहभागी भएकाले उसको चिन्ह हटाएको आयोग श्रोतका्े भनाई छ ।