सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेन : नेकपा नेता नेपाल
माघ २७, हेटौंडा – नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।
आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उनले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो भान भएको बताए । सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपाललेजानकारी गराए
उनले संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै संगठनलाई चुस्त दुरुस्त बनाउन पनि एकीकरण प्रक्रिया टुंगो लगाउनुपर्ने धारणा राखे ।
‘आजको आवश्यकता एकीकरण भए पनि संगठन निर्माणको नाउँमा गोजीबाट निकालेको ब्यक्तिलाई नेतृत्व दिन सकिदैन’ उनले भने ।
नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको आरोप लगाए । नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनीकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको बताए ।