काठमाडौंसहित देशका पहाडी भूभागमा पानी पर्न सक्ने

सोमबार, २८ माघ २०७५

माघ २८ काठमाडौं – उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलव ५  डिग्री सेल्सियस रहेको छ । गएको शनिबारदेखि काठमाडौंको न्युनतम तापक्रम बढिरहेको छ ।