हाकिमको रिस
काठमाडौँ – सानो कुरामा श्रीमतीसँग खटपट भएर अफिसमा आएको हाकिमलाई एउटा फाइल लिएर कार्यलय सहयोगी पुगेछ । उनले त्यसलाई राम्रोसँग बताउन जानेनन् कि क्या हो भए भरको श्रीमतिको रिस जति कार्यालय सहयोगीलाई पोखेछन् । उनलाई हाकिमले तारा देखिनेगरी झापड हानेछन् ।
गाली पनि गरे, झापड पनि लगाए । अब त्यसको एकदम मुड चेन्ज भयो । उसलाई काम गर्नै मन लागेन । अब त्यो रिस लिएर उ घरमा गयो । अब घरमा कोही थिएन । उसको एउटा श्रीमति मात्रै रहेछ । उसको पालो श्रीमतीलाई भक्कु लात्तै लात्ताले कुटेर भए भरको हाकिमको रिस पोख्यो ।
बिनाकारण कसैको तनाव आफूले बेहोर्नपर्दा उसलाई पनि औडाहा भयो होला । उनले घरमा एउटा कुकुर पालेकी रहिछिन, त्यो कुकुर माया गरेर लुटपुटिन आएको बेलामा उनले फेरी त्यो कुकुरलाई हिर्काइछिन् । अब कुकुरलाई पनि रिस उठेछ ।
संयोगले कार्यलय सहयोगीको क्वाटर नजिकै थियो हाकिमको क्वाटर पनि । कुकुरले रिसिएको मुडमा बाहिर निस्किदा फ्रेस हुन बाथरुम जाँदै गरेका हाकिमलाई भेटेछ । त्यही मुडमा कुकुरले गएर हाकिमलाई नै टोकिदिएछ ।
पाप गरेपछि कसैलाई भलो हुँदैन् । आफ्नो व्यवहार आफै मिलाउने गरौं, अर्कालार्ई अनावश्यक दुःख नदिउँ । त्यसको परिणाम आफैले भोग्नपर्छ ।