सुट्मालाले ल्यायो ग्राहकहरुका लागि विशेष अफर
काठमाडौँ – सर्टिङ सुटिङका क्षेत्रमा बेग्लै पहिचान बनाएको बागबजारस्थित सुटमालाले विशेष अफर ल्याएको छ । ‘सुट्मालाले ग्राहकका लागि ‘सुटमालाको सुट अब घर–घरमा’ अफर ल्याएको हो ।
उपभोक्ताहरुको व्यस्त समयको महत्व बुझेर सुट्मालाले यस्तो अफर ल्याएको हो । अब काठमाडौँमा बस्ने हरेक व्यक्तिले फोन गरेर अर्डर गरेको भरमा घरमै सुट आईपुग्ने सुट्मालाका सञ्चालक तथा सीईओ राज कार्कीले बताए ।
‘उपभोक्ता बस्नु भएकै स्थानमा हामी नाप लिनका लागि पुग्नेछौं ।’ सञ्चालक कार्कीले भने, ‘हामीसँग उपलब्ध अन्तर्राष्ट्रिय ब्राण्डका लुगाहरु उपभोक्ताहरुले छनौट गर्न सक्नु हुनेछ ।’
सुट् बाहेक सर्ट, पाइन्ट तथा दौरा सुरुवाल लगायत आइटम पनि अर्डर गर्न सकिने कार्कीले बताए । काठमाडौँको नरदेवीबाट सञ्चालनमा आएको श्रीराज कार्की कलेक्सनको ब्राञ्चका रुपमा सञ्चालित सुट्मालाले छोटो समय उपभोक्ताहरुको मन जितेको छ ।
‘सुट्मालाको सुट् अब घरघर’ मा अफर लिनका लागि फेसबुक पेज तथा सिधै मोबाइल नम्बर ९८५१०५४७१४ मा सम्पर्क गर्न सकिनेछ ।