भक्तपुरका जनताको विकास र समृद्धिको सपनाको लागि ओली र महेश बस्नेत भएपछि पुरा हुन्छ

आइतबार, २७ कार्तिक २०७९

काठमाडौं— नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले भक्तपुरका जनताको विकास र समृद्धिको सपनाको लागि भक्तपुर निवासी एमालेका अध्यक्ष केपी ओली र महेश बस्नेत भएपछि पुरा हुने दृढता व्यक्त गरेका छन् ।

आज सूर्यविनायक नगरपालिका वडा नं. ५ मा आयोजित क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले भक्तपुर र मुलुकै विकासको लागि एमालेको विकल्प नभएको दावी गरे । एमाले विकासको पर्यायवाची भएको उल्लेख गर्दै उनले केपी ओली नेतृत्वको सरकारको समयमा भक्तपुरको विकास जिल्लाको लागि ऐतिहासिक भएको बताए । संघीय सरकारबाट मात्र २६ अर्वभन्दा बढी बजेट ल्याई सडक, ढल, खानेपानी, विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुललगायतका साना तथा ठूलो आयोजनाहरु सञ्चालन गरिएको जानकारी गराउँदै उनले बजेट समयले ल्याएको हो भन्ने कांग्रेसलाई आफ्नो नेतृत्वमा बनेको सरकारको १८ महिनामा कति बजेट ल्याउन सफल हुनुभयो? भनि प्रश्न गरे ।

उनले भने, ‘एमालेको सरकार भएको समयमा भक्तपुरमा मात्र हैन, देशै भर जनताको माग, चाहना र आवश्यकता अनुसारको साना तथा ठूला असंख्य विकास निर्माका कार्यहरु भएका थिए । वर्तमान गठबन्धनको सरकार अएपछि विकासले दशैमा जुठो परेको समय जस्तै भएको छ । विकासको सुनसान छ, चालु आयोजनाहरु समेत बन्द भएका छन् । त्यसैले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई जनताहरु विजयी गराउन आतुर हुनुहुन्छ । भक्तपुरका जनता सचेता हुनुहुन्छ, एमालेले गरेको विकास र समृद्धिको यात्रालाई बुझेर सूर्यमा मतदान गर्नुहुनेछ । मंसिर ४ पछि एमालेको सरकार बन्ने छ । आम नेपाली युवा तथा जनताको ‘बा’ केपी ओली प्रधानमन्त्री बन्नुहुनेछ । त्यसपछि तपाईहरुको दाई वा भाई महेश बस्नेत सँगै हुनेछ । केपी बा र महेश दाई वा भाई भएपछि भक्तपुरका जनताले चिन्ता गर्नुपर्दैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन अघि एक कार्यक्रममा मंसिर ६ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुने भनि दिनुभएको गलत अभिव्यक्तिलाई लक्षित गर्दै नेता बस्नेतले आगामी मंसिर ४ गते हुने दुवै तहको निर्वाचनमा एमालेलाई मतदान गर्न जनता आतुर रहेको बताए। त्यस्तै देउवाले नै भने झै ६ गते मात्र जनताले कांग्रेसलाई भोट दिने उहाँले उल्लेख गरे । उनले भने, ‘जनताले आगामी मंसिर ४ गते एमालेलाई मतदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउनुहुनेछ । कांग्रेसलाई भने प्रधानमन्त्री देउवाकै माग अनुसार मंसिर ६ गते मात्र मतदान गर्नुहुनेछ । यस्तो निर्वाचनको घोषणा गर्ने तर मिति नै थाहा नहुने प्रधानमन्त्रीबाट जनताले के अपेक्षा गर्ने?’

एमालेको नेतृत्वको सरकारले महंगी, भ्रष्टाचार, कमिशनखोर, अनियमितता लगायतका कुराहरु नियन्त्रण गरी शुसासन कायम गरेको उल्लेख गर्दै उहाँले केपी ओली नेतृत्वको समयमा युवाहरुलाई आत्मनिर्भर तथा रोजगारीको वातावरण सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न असंख्य योजनाहरु कार्यान्यवनमा ल्याएको विस्तारमा उल्लेख गरे । उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले प्रधानमन्त्री रोजगार, विभिन्न ९ वटा शिर्षकमा सहुलियत दरमा विना धिता ऋण, राष्ट्रिय गौरवका अयोाजना सञ्चालन, मेलम्चीको खानेपानी, धरहरा, रानीपोखरी, विमानस्थल, रेल, जलमार्गको शुरुवात, शुरुङ मार्गको निर्माण, फलाम खानीको उत्खनन् गर्न शुरु, मदन भण्डारी राजमार्ग, हुलाकी सडक, चुच्चे नक्सा जारी लगायतका असंख्य कामहरु हाम्रो ‘बा’ले गर्नुभयो । तिम्रो ‘बा’ले के गर्नुभयो । कांग्रेसको नेतृत्वमा १५ वर्ष भक्तपुरको जिम्मेवारी हुँदा ५ वटा कामहरु गरेको भन्न सक्नुहुन्छ? अहिले १८ महिनाको सरकारको पालामा भक्तपुरमा कति रकम ल्याउनुभयो? तपाईको सरकारबाट जनताले के पाए रु यो प्रश्न जनताले गरे तपाईको जवाफ के छ? त्यसैले अब तपाईहरुले आफ्न्त, नातावाद, कृपावादको थोत्रो नैटंकी देखाउँदा जनताले तपाईलाई विश्वास गर्नेवाला छैनन् । सडक सडकमा जनता एमालेलाई विजयी गराउन आतुर हुनुहुन्छ ।’

कार्यक्रममा प्रदेश ‘क’ का उम्मेदवार किरण थापाले एमालेले जिल्लामा विकासको लहर ल्याएको उल्लेख गर्दै गठबन्धन जनतालाई झुक्याउनमात्र आइरहेको बताए । आफु पनि केही गर्न नसक्ने अनि एमालेलाई पनि विभिन्न लान्छना लगाई जनतालाई भ्रममा पार्न कोसिश नगर्न गठबन्धनलाई चेतावनी दिँदै उम्मेदवार थापाले लान्छना लगाउनुभन्दा पहिले प्रमाणीत गरेर देखाउनु चेतावनी दिए । आफहुरु निर्वाचित भएपछि एमाले नेतृत्वले शुरु गरेको चालु आयोजनाहरु सम्पन्न गराउने उल्लेख गर्दै उनले जनताका अहिलेका खानेपानी सडक कालोपत्रे, ढल लगायतका मागहरु एकवर्ष भित्रमा पुरा गर्ने प्रतिवद्धता जनाए । एमालेको विकासलाई देखेर जनतालाई झुक्याउन खोज्ने गठबन्धनका नेताहरु आागमी ४ गतेको निर्वाचन पछि मुर्छा पर्ने उल्लेख गर्दै अहिले एमालेको नेता तथा उम्मेदवारलाई गठबन्धनका नेताहरुले मानसिक सन्तुलन गुमाएर लान्छना लगाएको भन्दै आक्रोस जनाए।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सोम मिश्र, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, प्रतिनिधिसभा समानुपातीक उम्मेदवार गोविन्द प्रसाद दुलाल, प्रदेश सभानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजालगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।