काठमाडौँ ६ मा बलियो बन्दै सवेन्द्र खनाल, सानदार चुनाव जित्ने दाबी
काठमाडौं— नेकपा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका सर्वेन्द्र खनालले निर्वाचनको माहोल आफ्नो पक्षमा पार्दैै लगेका छन् । पूर्व प्रहरी महानिरिक्षक समेत रहेका खनालले आफ्नो जितको आधारलाई बलियो बनाउँदै लगेको चर्चा चल्न थालेको छ ।
नेपाल प्रहरीमा ३० बर्ष सेवा गरेर निवृत भएका खनाल केहि समय अघि नेकपा एमालेमा प्रवेश गरेका थिए । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर मात्रै देशको समृद्धी सम्भव भएको भन्दै एमाले प्रवेश गरेका खनाललाई एमालेले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा मैदानमा उतारेको छ ।
प्रहरी सेवामा रहँदा सेलिब्रेटी प्रहरीको छवि बनाएका खनाललाई आफ्नो व्यक्तिगत लोकप्रियता र एमालेको सांगठनिक मतले जित निकाल्न सहज हुने विश्लेषण गरिएको छ । विगतमा उनले गरेको कामले पनि यो पटक खनाललाई सहज जितका लागी सहयोग मिलिरहेको बताइन्छ ।
निर्वाचनको मिति आउन केहि दिन मात्रै बाँकी रहँदा नेकपा एमालेले आन्तरिक सर्वेक्षणको आधारमा सर्वेन्द्रले सहजै जित निकाल्ने प्रक्षेपण गरेको छ । सर्वेन्द्र खनालको नामनै ब्राण्डको रुपमा स्थापित भएकाले त्यसमाथी नेकपा एमालेको उम्मेदवारको रुपमा मैदानमा उत्रिएको हुँदा थप सजिलो भएको एमालेका एक नेताले बताए ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका काग्रेस नेता भिमसेन दास प्रधान यस पटक ह्याट्रिक जित निकाल्ने दाउमा रहे पनि काठमाडौँ ६ मा सवेन्द्रको इन्ट्रीले उनको दाउमा ब्रेक लाग्ने अवस्था देखिएको छ । यस अघि पटक पटक निर्वाचित भएर गए पनि कुनै गतिलो काम गर्न नसकेको आरोप प्रधानले खेपी रहेका छन् ।
मुख्य प्रतिष्पर्धीको रुपमा रहेका काग्रेस उम्मेदवार प्रधान प्रतिष्पर्धामा निकै कमजोर देखिए पछि त्यसको स्वाभाविक लाभ खनाललाई भएको छ । केहि स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदानमा देखिए पनि उनीहरुले गतिलो प्रभाव देखाउन सकेका छैनन् ।
नेपाल प्रहरीमा रहँदा खनालले निर्माण गरकोे व्यक्तित्वले यतिबेला उनलाई यतिबेला सबैभन्दा धेरै लाभ मिलिरहेको छ । अपराध अन्त्य देखी प्रहरी प्रशासनलाई जागरुक तुल्याउँन उनले खेलको भूमिकाले गजबको काम गरिरहेको पाइएको छ ।
नेकपा एमालले जारी गरेको घोषणा पत्रलाई कान्र्याव्यन गराउँदै समृद्ध नेपाल , सुखी नेपाली निर्माणको अभियानलाई सफल बनाउन योगदान दिनुका साथै काठमाडौँलाई धूलोमुक्त बनाउँने लगायतका स्थानिय एजेण्डाहरुलाई लिएर उनी मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन् ।
काठमाडौँको सडकको स्तरोन्ती गराउने , पैदलयात्रीमैत्री बनाउने ,एक वडा एक सार्वजनिक शौचालय निर्माण लगायतका लोकप्रिय एजेण्डाहरु लिएर खनाल मत माग्न पुगिरहेका छन् । संसदीय राजनितीमा पहिलो पटक होमिएका खनालले निकै लोकप्रिय मत सहित संसद भवन प्रवेश गर्ने तयारी गरिरहेका छन् ।