निर्वाचन कार्य क्षेत्रमा प्राप्त जिम्मेवारी निर्वाहमा कुनै कमी हुन दिनु हुन्नः महानिरीक्षक अर्याल

शुक्रबार, २ मंसिर २०७९

काठमाडौं— सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आउँदो ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कार्य क्षेत्रमा प्राप्त जिम्मेवारी निर्वाहमा कुनै कमी हुन नदिन सचेत गराए ।

उनले निर्वाचनमा उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज ‘समर्पण एपीएफ मासिक’ पत्रिकाको विमोचनका क्रममा महानिरीक्षक अर्यालले सो धारणा व्यक्त गरेका हुन् ।

यसअघि सशस्त्र प्रहरी बल, नेपालको पाक्षिकरुपमा रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट ‘समर्पण राष्ट्रका लागि’ नामक कार्यक्रम सञ्चालनमा छ । उनले सङ्गठनमा भएका गतिविधिबारेमा सशस्त्र प्रहरी कर्मचारी जानकार हुन् भन्ने हेतुले प्रकाशन गरिएको उक्त मासिक पत्रिका सङ्गठनको एक ऐतिहासिक दस्तावेज भएको पनि बताए ।