नेकपा ललितपुर महानगर सेक्रेटरी वज्राचार्य पक्राउ 

शनिबार, ३ मंसिर २०७९

ललितपुर – नेपाल कम्युनिस्ट पार्टी ललितपुर महानगर पालिका सेक्रेटरी महेश बज्राचार्य पक्राउ परेका छन् । मङ्सिर ४ गते हुन लागेको चुनावको पुर्वसन्ध्यामा बज्राचार्यलाई ललितपुरको मङ्गलबजारबाट प्रहरीले पक्राऊ गरेको हाे ।

चुनाव खारेजको कार्यनीति लिएर देशैभरी भण्डाफोरसभा सहित जनपरिचालन र प्रचारात्मक संघर्ष गरिरहेको नेकपाका नेता कार्यकर्तालाई प्रहरीले सुरक्षाको नाममा धरपकड, गिरफ्तारी र खानतलासी गर्दै आएको छ ।

मङ्गलबजारबाट पक्राउ परेका बज्राचार्यलाई कहाँ लगियाे र के कारणले पक्राउ गरियो भन्ने बारे उनका परिवरलाई समेत जानकारी दिइएको छैन।

चुनाव जस्तो नितान्त लोकतान्त्रिक कार्यमा जनताको व्यापक सहभागिता र उल्लासमय बाताबरण हुनु पर्नेमा धरपकड र गिरफ्तारी बढ्दै जानु भनेको राज्यको गैरजिम्मेवारीपन र हतोत्साहित मानसिकताको उपज हो भन्दै सचेत नागरिकहरुले धरपकड र गिरफ्तारीको आलोचना गरेका छन ।

बज्राचार्यका आफन्तहरुले के कति कारणले उनलाई पक्राउ गरिएको हो भन्ने बारे पक्राउ पुर्जि दिएर मात्रै थुन्न पाइन्छ तर राज्यले यसरी पक्राउ गर्नु भनेको गैरकानुनी समेत हो भन्दै चिन्ता व्यक्त गरेका छन।