देशभरका ३४ मतदान केन्द्र नजिकै भेटिए बम

आइतबार, ४ मंसिर २०७९

काठमाडौँ – निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ निर्वाचन क्षेत्र नजिकै शङ्कास्पद वस्तु फेला परेका छन् । मुलुकका विभिन्न ठाउँमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोको नेकपाले पछिल्लो साता देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले बताए । तर विप्लव नेतृत्वको नेकपाले आफूहरुको बम राख्ने कुनै नीति नभएको प्रष्ट पारेको छ ।

आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । मतदान शान्तिपूर्ण रूपमा सुरु भएको डीआईजी राईले बताए । उनले भने–‘कुनै पनि मतदान स्थलमा समस्या छैन, सवैतिर शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।’