पश्चिम रुकुममा खोसियो मतपेटिका, मतपत्र पनि च्यातचुत

आइतबार, ४ मंसिर २०७९

रुकुम – नेपाल कम्युनिस्ट पार्टीले रुकुम पश्चिमका तीन मतदान केन्द्रमा स–शक्त रुपमा कथित निर्वाचन खारेज गरेको छ। निर्वाचन खारेज अभियानको अन्तिम दिन आइतबार रुकुम पश्चिमका तीन मतदान केन्द्रमा मतपेटिका खोसेर र मतपत्र पनि च्यातेर निर्वाचन खारेज गरेको हो ।

रुकुमको आठबीसकोट नगरपालिका वडा नम्बर ५ को गोतामकोट, वडा नम्बर १३ को निमावि घेत्मा र वडा नम्बर ११ को चौरमा नेकपाले मतपत्र च्यातेर र मतपेटिकालाई गुल्ट्याएर निर्वाचन खारेज गरेको नेकपाले जनाएको छ ।

ती मतदान केन्द्रहरुबाट अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य हरि पुन, नेकपा पश्चिम रुकुमका जिल्ला सदस्य प्रकाश विस्वकर्मा र युवा संगठन नेपाल पश्चिम रुकुमका जिल्ला अध्यक्ष महेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।