ललितपुर २ अपडेट : एमालेलाई कडा टक्कर दिदै लौरोका सुदिन शाक्य
काठमाडौँ – ललितपुर क्षेत्र नं २ को ताजा मतपरिणाम प्राप्त भएको छ । जसमा नेकपा एमालेले अग्रता कायमै छ ।
अहिलेसम्म ४ हजार ७ सय ८८ मतगणना गर्दा नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन्। उनलाई लौरो अभियानका सुदिन शाक्यले ८ सय ९७ ले पच्छ्याइरहेका छन् ।
नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ७ सय ७७ र राप्रपका रघुवर थापाले ६ सय ७६ मत ल्याएका छन्।