काठमाडौँ ७ मा पनि घण्टीको अग्रता
काठमाडौँ – काठमाडौँको निर्वाचन क्षेत्रनम्बर ७ को ताजा मतपरिणाम सार्वजनिक भएको छ । जस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता लिएका छन् ।
७ सय मत गणना हुँदा पराजुलीले १७७ मत प्राप्त गरेका छन् । उनलाई पच्छ्याउँदै स्वतन्त्र उम्मेदवार श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रकी उम्मेदवार बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले जम्मा ७७ मत प्राप्त गरेकी छन् ।