नेपाली कांग्रेसले खाता खोल्यो

सोमबार, ५ मंसिर २०७९

काठमाडौं – नेपाली कांग्रेसले मुस्ताङबाट खाता खोलेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले मनाङबाट निर्वाचित भएर खाता खोलेका हुन् ।

उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण कुमार शेरचनले १३ मत पाएका छन् ।