कास्की क्षेत्र नम्बर २ (१)मा एमालेलाई पछी पार्दै अगाडी आयो राप्रपा

सोमबार, ५ मंसिर २०७९

काठमाडौं— कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (१) मा राप्रपाले अग्रता बनाएको छ । राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले ६९२ मतका साथ अग्रता बनाएका हुन् । यस्तै एमालेका भीमबहादुर कार्कीले ४२९ मत पाएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले २७६, हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले १७० मत पाएका छन् ।