ललितपुर ३ : बढ्यो तोसिमाको मत, पछि परिन् पम्फा

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर तीनकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीको मत बढेको छ । केही समयअघि तेश्रो नम्बरमा झरेकी कार्की पछिल्लो मत परिणम अनुसार दोश्रो नम्बर उक्लिएकी छन् ।

पहिलो नम्बरमा नेकपा एमाका उम्मेदवार अमृत खड्काले अग्रता कायमै छ । उनले ९३६ मत प्राप्त गर्दा स्वतन्त्र पार्टीकी कार्कीको ८७५ मत आएको छ ।

केही समय दोश्रो नम्बरमा रहेकी पम्झा भुसालले ७७५ मत प्राप्त गरेर तेश्रो नम्बरमा झरेकी छन् ।