रुपन्देहीको २ मा विष्णु पौडेललाई पछि पार्दै घण्टीले लियो अग्रता
बुटवल – रुपन्देहीको क्षेत्र नं २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै स्वतन्त्र पार्टीका उम्मेदवारे अग्रता लिएका छन् । पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका हुन् ।
३०० मत गणना हुँदा गणेश पौडेलले १२६ मत प्राप्त गरेर अग्रता लिएका छन् भने एमालेका उपाध्यक्ष पौडेलले ८३ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।
यहाँ एक लाख ३९ हजार ५६० मतदातामा रहेकामा ८१ हजार २०२ मत खसेको छ । यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जितेका थिए ।