मुस्ताङको प्रदेश सभा (२) पनि कांग्रेस विजयी
पोखरा – मुस्ताङको प्रदेश सभा निार्वचन क्षेत्र नम्बर (२) मा पनि नेपाली कांग्रेस विजयी भएको छ । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् ।
शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन विजयी भएको हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् ।
योसँगै मुस्ताङबाट प्रतिनिधि सभा तथा प्रदेश सभा दुबैमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रतिनिधिसभामा योगेश गौचन निर्वाचित भएका छन् । प्रदेशसभा (१) मा कांग्रेसकै नम्डु गुरुङ निर्वाचित भएका छन् ।