काठमाडौंमा १ अपडेट : ह्वात्तै बढ्यो प्रकाशमान सिंहको भोट

सोमबार, ५ मंसिर २०७९

काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपा र नेपाली कांग्रेसबीच कडा कक्टर देखिएको छ । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ह्वात्तै भोट बढाएका छन् ।

पछिल्लो गणना अनुसार कूल १५ हजार १८८ मत गन्दा मिश्रले ३ हजार ८७० मत पाएका छन् । त्यस्तै सिंहले भोट बढाउँदै ३ हजार ८४९ मत पाएका छन् । यसअघि मिश्रले ५ सय बढि मतान्तर बढाएका थिए ।

एमालेका किरण पौडेलले १ हजार ९ सय ६८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १ हजार ८०७ मत पाएका छन् ।