प्रदेशसभामा राप्रपाले खाता खोल्यो
काठमाडौं – आम निर्वाचन २०७९ मा राप्रपाले क्षेत्र नम्बर २ प्रदेशसभामा खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभाबाट राप्रपाका सुनील केसी विजयी हुदै क्षेत्र नम्बर २ प्रदेशसभामा खाता खोलेका हुन्।
प्राप्त मत परिणामअनुसार केसीले ६ हजार ५९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत ल्याए । एक हजार ५२२ मतको अन्तरले केसी विजयी बनेका हुन् ।
यस क्षेत्रमा संघीय निर्वाचनमा पनि राप्रपा प्रतिस्पर्धी बनिरहेको छ । सो पार्टीकी उम्मेदवार कुन्ती पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई पछ्याइरहेकी छन् ।