झापा ४ मा फेरि घण्टीले उछिन्यो, कांग्रेस निकै पछाडी

मंगलबार, ६ मंसिर २०७९

काठमाडौं – झापा क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु प्रसाद ढकालले नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बुलाई उछिनेका छन् ।

पछिल्लो मतगणनाको परिणामअनुसार १७ हजार ७७० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले पाँचहजार ९६८ मतसहित पुनः अग्रता कायम गरेका हुन्  । एमालेका लिम्बु पाँचहजार ७३३ मतसहित पछ्याउँदै छन् ।

यसैगरी नेपाली कांग्रेसका देउ कुमार थेबेले तीनहदजार ९२३ मत रहेको छ ।