रौतहट १ अपडेट : माधव नेपाललाई उछिनेर अघिबढे गुप्ता
काठमाडौँ – रौतहट निर्वाचन क्षेत्र नंं १ को पछिल्लो अपडेट प्राप्त भएको छ । प्राप्त मतपरिणाम अनुसार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई एमालेका उम्मेदवारले उछिनेका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपालले ६ हजार ३३८ मत ल्याउँदा एमाले उम्मेदवार अजयकुमार गुप्ताले ६ हजार नौ सय १८ मत ल्याएका छन्।
नेपाल सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका छन्। काठमाडौं निर्वाचन क्षेत्र नंं २ बाट चुनाव उठ्दै आएका उनी यसपटकको निर्वाचनमा रौतहट झरेका थिए ।