ललितपुर २ काे प्रदेशसभा (२) बाट कांग्रेसका चित्रकार विजयी

मंगलबार, ६ मंसिर २०७९

ललितपुर – ललितपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा-२ मा नेपाली कांग्रेस विजयी भएको छ ।

मंगलबार समपन्न मतगणनामा कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

चित्रकारले ६ हजार ९९५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानेन्द्र शाक्‍यले ६ हजार ८३२ मत मात्र ल्‍याए ।

यस्तै हाम्रो नेपाली पार्टीका उम्‍मेदवार मंगलकृष्ण श्रेष्ठले ५ हजार ९५४, राप्रपाकी हसिना शाक्यले ३ हजार ७८५, नेपाल मजदुर किसान पार्टी महेन्द्र ब्रह्मचार्य १ हजार १६८ र राष्ट्रिय जनमुक्ति पार्टीका रामहरि कपालीले १५८ मत पाएका छन् ।