पर्साको ४ प्रदेशसभा (१) कांग्रेसका चाैधरी निर्वाचित

मंगलबार, ६ मंसिर २०७९

वीरगञ्ज – पर्साको क्षेत्र नम्बर ४ (क) बाट नेपाली कांग्रेसका शंकरप्रसाद चौधरी निर्वाचित भएका छन् । नेकपा एमालेका जयप्रकाश थारुलाई पराजित गर्दै उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।

उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । कांग्रेसका चौधरीले १२ हजार १ सय ५४ मत ल्याएर निर्वाचित हुँदा एमालेका जयप्रकाश थारुले १० हजार ४ सय ३८ मत प्राप्त गरे ।

योसँगै पर्सामा कांग्रेसले प्रदेशसभातर्फत दुई क्षेत्रमा जित निकालिसकेको छ । यसअघि पर्साको क्षेत्र नम्बर २ (क) मा कांग्रेसकै श्याम पटेल निर्वाचित भएका थिए ।