रामकुमारी झाँक्रीलाई हराउँदै गाेकर्णले गरे ह्याट्रिक

बुधबार, ७ मंसिर २०७९

गुल्मी – एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई हराउँदै नेकपा एमालेका गाेकर्ण बिष्ट निर्वाचित भएका छन् । झाँक्रीलाई हराउँदै गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिष्ट निर्वाचित भएका हुन् ।

बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् । बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् । निर्वाचन आयोगले आधिकारिक घोषणा भने गर्न बाँकी छ ।

बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए । यो जितसँग उनले संसदीय चुनावमा ह्याट्रिक पूरा गरेका छन् । झाँक्रीले हार स्वीकार गर्दै निर्वाचन आफ्ना लाथि लागि अत्यन्तै रोमाञ्चक रहेको बताएकी छिन् ।