गोरखा–१ बाट कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित

बिहिबार, ८ मंसिर २०७९

गोरखा – गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन् । बुधबार राति सकिएको मतगणना अनुसार बजगाई ३३ हजार ४२८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।