दैलेखबाट पनि एकीकृत समाजवादीका थापा विजयी

बिहिबार, ८ मंसिर २०७९

काठमाडौँ – दैलेखबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा निर्वाचित भएका छन् । थापा क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई ८४९ मत अन्तरले हराउँदै विजयी भएका हुन् ।

थापाले १८ हजार २५६ मत पाउँदा शर्माको पक्षमा १७ हजार ४०७ मत पर्यो । राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही ४ हजार ६०२ मतसहित तेस्रो भइन् ।