तनहुँबाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल भारि मतान्तरकासाथ विजयी
काठमाडौँ – तनहुँ (१) बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा बिजयी भएका छन् ।
२५ हजार ३१८ मत सहित नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल बिजयी भएका हुन् ।
पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।
स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याएका छन् ।