कर्णालीका पहिलो मुख्यमन्त्री शाही कालिकोटबाट निर्वाचित

शुक्रबार, ९ मंसिर २०७९

सुर्खेत – कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । शाही एमालेका नगीन्द्र शाही (नेशनल) सँग भारी मतान्तरले निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाही ८ हजार ६४ मतान्तरले नेकपा एमालेका शाहीलाई पराजित गरेका हुन् । महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाएका छन् ।

उनले यसअघि ०७० को दोस्रो संविधान सभा सदस्य र ०७४ मा प्रदेशसभामा चुनाव जितेका थिए । २०७४ को चुनाव जितेपछि कर्णालीको मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् ।